लामो समय नेपालीलाई सपना देखाइयो । कहिले शहीदको सपना, कहिले विपीको सपना, कहिले स्विट्जरल्याण्डको सपना । यस्ता सपना धेरै देखाइयो । पछिल्ला करिब सात दशक नेपालीले कसै न कसैको सपनाको निमित्त जम्दै गरेको व्यवस्थालाई जम्नै दिएनन् । कालरात्रि भनिएको झण्डै तीन दशकमध्ये पहिलो दशकमात्र यस्तो समय थियो जहा“ व्यवस्थाले सपना देखाएन ।
जे कल्पना थियो जे सपना थियो त्योअनुसारको कार्यक्रम नै आयो । पूरै मुलुकलाई हचुवाको तालमा प्रयोगशाला बनाइएन, चरणबद्धरूपमा पहिले एक दुई जिल्ला, त्यसपछि थप अरू जिल्ला गर्दै यस्ता कार्यक्रम आए । राष्ट्रमा ती योजना पूरा लागु हुञ्जेल आवश्यक परिष्कृत पनि गरिए ।
त्यसपछि कालरात्रि भनिएका पछिल्ला दुई दशक अनि त्यस पछिका अरू तीन दशक फेरि कामभन्दा सपनामा नेपाली रमाउन थाले । यी सात दशकमा नेपालले विश्वमा प्रचलित करिबकरिब सबैजसो व्यवस्था अपनाइसक्यो । एसियाली मापदण्डको सपना आधारभूत आवश्यकतामा अनुवाद भयो, त्यो पनि अपूरो रहृयो ।
कुनै बेला कञ्चन पानी बग्ने बागमतीलगायत नदी ढलमतीमा परिणत भए । तर नेपाली भने मेलम्चीको पानीले काठमाडौंका सडक धुने सपना पालेर बस्यो । अहिले अरबका मरुभूमिमा रगत सुकाएर सिंगापुर र स्विट्जरल्याण्डको सपनामा रमाएको छ । मोनोरेल, चुच्चे रेल चड्ने, हावाबाट बिजुली निकालेर युरोपमा निकासी गर्ने सपनाको साहाराले आजको पीडा पचाएको छ ।
राजालाई खोपामा राखेर आफ्नो परिवारको शासन चलाउने पद्दतिमा छोरामा नभएर भाइ भैयादमा उत्तराधिकार जाने शासन प्रणालीदेखि जनताको सन्तान राष्ट्र प्रमुख हुन पाउने गणतन्त्रसम्म भोग्दा पनि नेपालीको भागमा सपनाबाहेक केही परेको छैन । शक्ति सन्तुलन र शक्ति पृथकीकरणयुक्त भनिएको लोकतन्त्र व्यवहारतः अरू अंगमा कार्यपालिकाको सेप लागेको देखिँदैछ ।
सर्वसाधारण जो पनि सहभागी हुन पाउने भनेर भनिएको लोकतान्त्रिक गणतन्त्रमा नवबास्साहरूको बिगबिगी देख्दैछन् जनता । बास्साको वैधानिक हैसियत नभएका नवबास्साहरू जिम्मेवारीको लेस नै नभएको बास्साको अधिकार निर्वाध प्रयोग गर्दैछन् । त्यो पनि खै कहा“ गरियो भन्ने तुजुक राखेर ।
जनताले चुनेको भनेका पद दलको शक्ति सन्तुलनमा बा“डफा“ट भएका छन् । असन्तुष्टि जनाउने अधिकारबाट जनता वञ्चित छन् । सत्ताले देखाएको सपना हेर्नबाट समय बच्ने बित्तिकै छक्क पर्छन् कहिले आफूले यी व्यक्तिलाई मत दिइयो भनेर ।
जब जनता नै स्वप्नलोकका कथामा रमाएर बा“च्न चहान्छन् भने नेताहरूले त सपना देखाउने नै भए । नत्र केवल उम्मेदवार हुन पनि कुनै न कुनै दलको फेर समात्नै पर्ने व्यवस्थामा जनतालाई सबै पदमा जान छेकवार छैन भनेको कुरा पत्याइँदैनथ्यो होला । स्वयं गणतन्त्र नेपालका प्रथम राष्ट्रपति नै भन्दैछन्, ‘इमानदारले चुनाव लड्नै सक्दैन ।’ सर्वसाधारणको त कुरै छैन, विषेश पनि सोझो इमानदार छ भने निर्वाचन लड्न नै नसक्ने व्यवस्थामा कसरी सबैलाई अवसर छ भनेर मान्ने ? परिवार वा वंशवादको विरोधमा भन्ने जब विकल्प परिवारभित्रबाटै खोज्छन् भने अरूको त मौका केवल देखाइएको सपनामा रमाउनेमात्र हो ।
अब नया“ किसिमका सपना व्यापारी नौलो शासन व्यवस्थाको नारा लिएर आउँदैछन् । मानाँै आज नारा दियो दश या बीस वर्षमा शासन पद्धति बनिसक्छ जस्तै गरेर । उनीहरूसँग न कुनै खाका छ न कुनै स्पष्ट सिद्धान्त नै, केवल रैथाने, जरो किलो, आध्यात्मिक राज्य आदि शब्द छन् ।
सबैभन्दा छिटो विकसित शासन सिद्धान्त कम्युनिस्ट व्यवस्था हो । यसलाई पनि सन् १८१८ मा पहिलोपल्ट घोषणपत्र तर्जुमा गरेर पहिलो कम्युनिस्ट देशको रूपमा रसिया हुन करिब शताब्दी लाग्यो अर्थात् सन् १९१७ सम्म । सन १९२२ मा सोभियत संघ भएर उत्कर्षमा जान र सिद्धान्तलाई घोषणापत्र लेख्ने उचित र स्पष्ट हुन लागेको समय त्यसमा थप्नुपर्ने हुन्छ ।
यस्ता नया“ राज्य व्यवस्थाका सपना हाललाई परिकल्पनामात्र हुन् जो यदि परिपक्वै भयो भने पनि कम्तिमा एक डेढ सय वर्षपछि हुन्छ । विनापानीको पानीजहाज चलाउनेभन्दा कम महŒवाकांक्षी सपना होइन यो अर्को शासन व्यवस्था विकसित गर्ने कुरा । हो यसले कसैलाई युगद्रष्टा, युगपुरुष भएको भ्रम भने हुनसक्छ । किनभने, जुन प्रणालीमा राष्ट्रप्रमुख राज्यप्रमुख बन्ने विधि नै कल्पना गरिएको छैन त्यो हाललाई केवल एक सोचमात्र हो ।
हो, यस्ताहरूले यी कुराको धेरै विकल्प खुला गरिएको दाबी गर्नसक्छन् वा यस्ता कुरा छलफलले निर्धारण गर्ने भन्न सक्छन् । अझ कोहीकोही त अहिले भइरहेका नेताहरूले गोलमेज गरेर निर्णय गर्ने भन्न पनि बेर लाउँदैनन् ।
सरकारी सपना छ, समृद्ध नेपाल सुखी नेपाली । त्यसैको हाराहारीमा समृद्धि हाम्रै पालामा, रामराज्य, विज्ञान र धर्मको संयोग आदि सपना पनि नेपालीहरूलाई बा“डिदैछ । रैथाने शक्ति, जरोकिलो नेपालमा भएको शक्ति आदि सर्वाधिक सम्भाव्य विकल्पका सपना हुन् तर रैथाने शक्ति भन्नेहरूले पञ्चभलाद्मी आधारित पञ्चायतलाई किन अस्वीकार गर्छन् ? नेपालमा भएको जरो किलो के के हुन ? यस्ता प्रश्नको उत्तर दिन सहज छैैन किनभने अहिले सबैलाई प्रिय लाग्ने सपना देखाउनु छ । यदि यसमा स्पष्ट हुने हो भने सबैलाई आकर्षण हु“दैन । यही कारण हो कि यदि यस्ता सपना व्यापारीलाई यी प्रश्न गर्ने हो भने स्पष्ट जवाफ दिने हिम्मत राख्दैनन् ।
करिब सात दशक भनेको राष्ट्र वा इतिहासको नजरमा सानो समय हुनसक्ला तर जब यो मानव जीवनमा रूपान्तरण हुनुपर्ने हुन्छ यो तीन पुस्ताभन्दा ज्यादाको समयावधि हो । अरूले यो समयमा आफू र आफ्नो राष्ट्रलाई सबल गराउँनमा मिहिनेत गरे तर नेपालीले यो समयमा आफूलाई नै वाद र व्यवस्थाहरूको प्रयोगशाला बनाए ।
कहिले एउटाको सपना साकार पार्न खोजियो त कहिले अर्काको सपना साकार पार्न । तीन पिँढीपछि पनि यसलाई नेपालीको स्वभाव बनाउनु उपयुक्त हु“दैन । नेपाल सबैको वाद वा व्यवस्थाको प्रयोग गर्ने थलो होइन । नेपालले संसारका अन्य कुनै पनि मुलुकभन्दा ज्यादा वाद व्यवस्था चाखिसकेको छ । अब पनि नया“ शक्ति, नया“वाद, नया“ व्यवस्था भनेर भावी पिँढीलाई उल्टो गतिको प्रगति दिनु अपराध हो, पाप हो, अनैतिकता हो ।
त्यसैले अब थप नौलो प्रयोग गर्नेभन्दा पछिल्ला सत्तरी वर्षमा चाखिसकेका मध्येबाट नै छान्नुपर्छ । नया“को स्वरूप र भोगाइ आनन्ददायक हुन्छ वा थप कष्टकर त्यो अनिश्चित छ । नेता विद्वान अगुवा आदिको खासै भरोसा गर्नसक्ने अवस्थामा नेपाल छैन किनभने राम्रो यवस्था ल्याउने नाममा नेपाल रक्तरञ्जित बनाइसकेपछि अब त्यो पनि ठिक थिएन भनेर अर्को बाटो लिने लवस्तराहरूको यहाँ कमी छैन । अनि त्यस्ता लवस्तरालाई गतिशील, नेता, युगपुरुष आदि नामले महिमामण्डित गर्ने स्तुति गायकहरूको पनि कमी छैन ।
भोलि अर्को कुरा अजमाएर त्यसलाई पनि यो भएन भन्न उनीहरूलाई लाज लाग्दैन । नत्र यत्रो संघर्ष, विद्रोह, आन्दोलन आदिमा अरूलाई होमेर अहिले कुरा किन बदलेको भनेर सोधे पुग्छ । सम्भव छ यो सोधेको अपराध (?) मा दण्ड पाइयोस् ।
त्यसैले अब प्रष्ट भन्ने बेला भयो यो सबै प्रयोगमा धेरै सपना देखिसकियो अब यो कुरा विपनामा चाहियो । पछिल्ला भोगेका व्यवस्थाहरू कुनले कति पोलेका थिए, कुनले कति शीतलता दिएका थिए त्यो अनुभव छ“दैछ । अब नया“ व्यवस्थाका सपना देखाउनेहरूलाई निरुत्साह गर्ने बेला भएको छ ।
निष्पक्ष र आफ्नो आत्मा सा“क्षी राखेर जहानिया“ शासनदेखि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसम्ममा यी रोज्न पर्छ । यीमध्ये जुन राम्रो लाग्छ, अर्थात् नराम्रोहरूको बीचको राम्रो त्यसैलाई रोज्न ठिक हुन्छ । कुनैपनि शासन जनतालाई राम्रो लाग्दैन किनभने शासन शब्द नै शासना हो । तर, कुनै न कुनै शासन नभई पनि हुँदैन । त्यसैले नराम्रोको बीचमा राम्रो खोज्नु भनेको गन्तव्य जानेको, बाटो जानेको यात्रा हो ।
नया“ खोज्नु भनेको एक प्रकारको जुवा हो जसमा राम्रो पनि हुनसक्छ नराम्रो पनि तर त्यो बाटोबाट यो पिँढीमा समृद्धि सुव्यवस्था आउँदैन । आयो भने पनि अर्को एक डेढ शताब्दिपछि मात्र सम्भव होला । त्यसैले अहिलेको जाने बुझेको फल कि भविष्यको अनिश्चित फल ? सपनामा रम्न छोडेर रोज्ने वेला हो ।
(कार्की विराटनगरबाट लेख्छन् )



















