पोखरा । पोखराको सरङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेर एक जना मृत्यु भएको प्रहरीले जनाएको छ ।
तालमा खसेको प्याराग्लाइडिङमा सवार यात्रुको उद्धार गरी पोखराको मेट्रोसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल पुर्याउदा उनको अवस्था गम्भीर थियो ।
उनी रोमानियाका ४२ वर्षका इड सेडजीयर रहेको प्रहरीले जनाएको छ ।
उनी ब्यूस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेको बताइएको छ ।



















