भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि सभा संयुक्त गर्ने नेकपाको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

नेकपाले पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

नेता अधिकारीको निधनको शोकमा नेकपाले आज देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

यस्तैगरी नेकपाले फागुन २३ गते पार्टी कार्यालय धुम्बाराहीमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीका लागि संयुक्त रुपमा केन्द्रीय श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय गरेको छ ।