सुनकोशीको बगरमा चरम दोहन मापदण्ड विपरित उत्खनन् , विरोध गर्दा स्थानीयलाई धम्की

काभ्रे (तेमाल)– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ र ३ को सुनकोशीको बगरमा मापदण्ड विपरित उत्खनन् गरिएको छ ।

तेमाल गाउँपालिकाको चुखावेशी र च्युरीआँप बगरमा रहेको बस्ती, विद्यालय र स्वास्थ्यचौकी सँगै स्काभेटर प्रयोग गरी दुवाकोट कन्स्ट्रक्शन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का सञ्चालकले सम्झौता विपरित उत्खनन् गरेको हो । सम्झौतामा विहान ६ बजेदेखि साँझ ६ बजे सम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र खन्न पाउने सम्झौता भएपनि राती ११ देखि १२ बजे सम्म स्काभेटर र टिपर चलाएको स्थानीयले बताएका छन् । उद्योगको यो हर्कतपछि स्थानीय आन्दोलित भएका छन् । आफ्नो विरोध गरेको भन्दै व्यवसायीले स्थानीयलाई धम्की दिने समेत गरेको स्थानीयले आरोप लगाए । व्यवसायीले पत्रकार सम्मेलन गरी भ्रम फैलाउने काम गरिरहेको समेत स्थानीयले आरोप लगाए ।
व्यवसायी सत्यमान लामाले स्थानीयलाई नेता, पुलिस र प्रमुख जिल्ला अधिकारी समेत किनिसकेको छु तिमिहरुले केहि गर्न सक्दैनौ सके रोक भनेर धम्कि दिएको स्थानीय चन्द्र लामाले बताए । लामाले सांसद  गंगाबहादुर दोङलाई आफुले गाडी किनिदिएको बताएँदै गाउँमा धम्कि दिने गरेका छन् । उनका अनुसार सांसद नविना लामाको निकट समेत रहेका सत्यमान लामा एमाले निकट भएर काम गर्दै आएको भएपनि पछिल्लो समय कमाइ खान त नेपाली काँग्रेस नै ठिक भन्दै हिँड्ने गरेको स्थानीय बताउँछन् । उनले भने ‘म गंगा बहादुर दोङ (बमध्वज) लाई संघीय सभा सदस्यमा विजयी गराउन उनको भन्दा मेरो गर्दन माथी राखेर हिँडेको हुँ । तर उनि आफैं साझेदार भएर यस्तो हर्कत गर्दै हिँडे । अब हाम्रो गाउँले उनलाई कुनैपनि हालतमा सहयोग गर्ने छैन ।’ स्थानीयका अनुसार लामाले मैगलबार राती १० बजे प्रहरी समेत ल्याएर स्थानीयलाई धम्क दिएका थिए । सो पश्चात बुधबार पत्रकार सम्मेलन गरी स्थानीयले अबैधानिक कार्य नियन्त्रण गर्न र स्थानीयको जिउज्यानको सुरक्षाको समेत माग गरेका छन् ।

को छन् व्यवसायीक साझेदार ?

दुवाकोट कन्स्ट्रक्शन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का सञ्चालकहरूमा गुण्डा नाईके सत्यमान लामा, अर्का डन विष्णु लामा, स्थानीय केही जनप्रतिनिधिहरू समेत रहेको स्थानीयले बताएका छन् । सत्यमान लामा फरार रहेका गुण्डा नाईके दावा लामाका सहयोगी हुन् । पछिल्लो समय भारतको सिक्कम र दुवईमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका लामाको नेपालमा रहेका कारोबार सत्यमान लामाले हेर्ने गरेको बुझीएको छ । पटक पटक गुण्डागर्दी र धम्की दिएको काण्डमा जेल परेका लामा नेकपा निकट सांसदहरूले छुटाउँदै आएका थिए । पछिल्लो समय लामा नेपाली काँग्रेसका नेता समेत मानिएका विष्णु लामासँग साझेदारीमा गाउँपालिका अध्यक्षको सहयोगमा सुनकोशी नदीमा बालुवा उत्खनन् गर्दै आएका छन् ।