दूतावासको नीग्रानी र उच्चस्तरीय छलफलपछि मलेसियाबाट स्वदेश फर्कने कामदार सुरक्षित।

तिलोचन गौतम

क्वालालम्पुर, मलेसिया मलेसियाका एयरपोर्टमा दैनिकी जसो स्वदेश फर्कने नेपाली फर्कनु अगाबै बिचौलियाहरुले विभिन्न बहाना बाजिमा ठगी गर्दै आएका थिए। अनाधिकृत बिचौलियाहरुको मिलेमतोमा स्वदेश फर्कन लागेका यात्रुलाई डिपाचरमा , नाप तौल गर्ने ठाउँमा सहयोग गरिदिने बहाना बनाउदै ठगी गरेको गुनासो नेपाली राजदुतावासलाई आएपछि दूतावासले निरंतर फलोअप गरिरहेको छ । आफ्ना नागरिक ठगिएका गुनासा आएपछी राजदुतावास क्वालालम्पुरले विभिन्न सुरक्षा निकायसगको उच्चस्तरीय समितिसंग छलफल गरि नीग्रानी गर्न थालेपछि एयरर्पोटमा नेपाली लुटिने ,ठगिने क्रममा कमि आएको छ । राजदुताबासका प्रतिनिधिहरुले गरेको अन्तिम फलोअपमा पीडित भेटिएनन ।

यद्यपि सधै सजग रहन अनाधिकृत अपरिचित ब्याक्ती सङ सम्पर्क नगर्न र समस्या परेमा दूतावासको हट्लाइन 0162472777 मा सम्पर्क गर्न दूतावास संबद्व अधिकारिहरुले अनुरोध गरेका छन। अधिकारिहरुका अनुसार नेपाल एयरलाइन्स र मालिन्दो एयरलाइन्स सङको सहकार्यतामा गुनासो पेटिका राखिने बारेमा छलफल समेत भैरहेको जानकारी दिए।