क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गर र पेराक राज्यमा आएको बाढीका कारण वि’स्थापित हुनेहरूको कुल संख्या १,६४७ पुगेको छ। शुक्रबार अपरान्ह ४ बजेसम्मको पछिल्लो तथ्याङ्क अनुसार सेलाङ्गरमा बाढी पी’डितको संख्या बढ्दै गएको छ भने पेराकमा केही घटेको छ।
सेलाङ्गरका सातवटा अस्थायी राहत केन्द्रहरूमा ३६९ परिवारका १,३७३ जनाले आश्रय लिइरहेका छन्, जुन शुक्रबार बिहानको तुलनामा (१,२४८ जना) बढी हो। सेलाङ्गरमा सबैभन्दा बढी एसके दातो महाराजा लेला केन्द्रमा ३९३ जना र एसके पारित महाङमा ३१८ जना पीडितहरू बसेका छन्।
यस्तै, पेराकको हिलिर पेराक जिल्लामा भने बाढीको अवस्था केही सुधारोन्मुख देखिएको छ। बिहानको समयमा ८३ परिवारका २८८ जना विस्थापित रहेकोमा अपरान्ह ४ बजेसम्म यो संख्या घटेर ७९ परिवारका २७४ जनामा झरेको छ। दुवै राज्यका स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिएका छन्।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















