सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छ : प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागिकाम गरिरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए । “सरकार विकास दुरदुष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ”प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानी कर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरे । “तपाईंहरुको  लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ”प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले  नेपाललगानीका लागि उर्वर भूमी भएको उल्लेख गरे । । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताए ।