तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाको जोहोर बारु गेलेन पाता मा ब्यबहारिसे अबस्थामा बाटोमा मृत अवस्थामा फेला पारेका सप्तरी बनौला का भोला माझीको सव मलेसियास्थिति नेपाली राजदुतावास ले चासो नदेखाउदा फिर्ता हुन सकेको छैन।
मृतकका आफन्तको तर्फबाट आउनु पर्ने नाता प्रमाणीकरण लगाएतका सबै कागजात १५ दिन पहिलेनै गौर आवासीय संघ मलेसियाको क्षेत्रीय साखा जोहोरबारुले दूतावासमा पठाइसकेको भएतापनि सब फिर्ता गराउने सम्बन्धमा आजसम्म केही पहल कदम सम्म नचालिएको एति सम्म कि एक पटक पनि उनि काम गर्ने कम्पनी मा फोन सम्म नगरेको गौर आवासीय संघ मलेसिया क्षेत्रीय साखा जोहोरबारुका सचीव अर्जुन सिंह ठकुरीले बताए।
मृतक माझीको परिवारमा अपांग वृद्ध आमा श्रीमति दुई छोरी छन । मृत माझी परिवारको एक्लो सन्तान भएको र परिवार पुरै उनिमाथी आश्रीत रहेको बुडेस्कालको सहारा बन्ला भनेको छोरा मलेसियामै मृत्यु हुदा वृद्ध आमा नाबालक दुई छोरी र श्रीमती को बेचल्नी भएको छ । माझि कमाएर ल्याउलान भनेर चर्को ब्याजदरमा साहु संग ऋण काडेर १० महिना पहिले श्रीमतीले मलेसिया पठाएकी थिइन् । जीवितै कमाएर फर्किन नसके पनि आफ्नो श्रीमानको अन्तिम दाहसंस्कार आफ्नै परम्परा अनुसार गर्ने भनेर मृतकको परिवार माझिको मृत शरीरको बाटो हेरिरहेको छ।

















