जनद्वार केन्द्र मलेसिया र दुतावासको सहयोगमा जुरु घरफिर्ती केन्द्रबाट ५ श्रमिक स्वदेश फिर्ता ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले भिन्न- भिन्न कसुर मा जेल सजाय भोगि घर फिर्ती केन्द्रमा आएका ५ जना नेपालि कामदार स्वदेश फिर्तागराएको छ।

विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा परि कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनकालागि घरफिर्ती केन्द्रमा आफन्तहरुसङ सम्पर्क नहुदा अलपत्र परी सारारीक मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार भएको हो ।

हिजो मात्रै मलेसियाको पेनाङ स्थित जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट ५ जना श्रमिक फिर्ता भएका हुन। फिर्ता हुनेहरूमा मोरङका लोकबहादुर बस्नेत ,मोरङ कै हरिस यादव,सुनसरी का इन्द्रलाल ,तनहुँका हरि भण्डारी र पाँचथर का लोकेन्द्र लावती रहेका छ्न।

उनिहरु फागुन २ गते बुधबार साझ ७:१० बाजेको मालिन्दो एयरलाइन्स बाट स्वदेश फर्किएका जनद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाले जानकारी गराए।