भक्तपुर । चुनदेबी किराना पसलको शिलबन्दी आज खोलिएको छ ।
ठूलो मात्रामा म्याद नाघेको र अखाद्य सामान भेटिएकोले शिलबन्दी गरेको सरोकारवालाहरुको रोहवरमा शिलबन्दी ताला खोलिएको बजार अनुगमन टोलीका संयोजक राजकृष्ण गोराले बताए ।
भक्तपुर नगरपालिकाको नेतृत्वमा माघ १८ गते बजार अनुगमन टोली शिलबन्दी गरेको थियो ।
म्याद नाघेको सामानहरुः– शिबशक्ति ध्यू ६० पाकेट, शिवशक्ति ६० पाकेट, ज्ञान आटा ४ पाकेट, साई ओम ब्राण्ड चिउरा १ पाकेट जफत गरीे नष्ट गरियो भने गोदाममा ठूलो मात्रामा म्याद नाघेको र अखाद्य तेल, ध्यू, चामल, आटा लगायत सामान ७ दिन भित्र निज व्यवसायी आफैले सम्बन्धित कम्पनीलाई फिर्ता गर्ने र फिर्ता नभए आफैले नष्ट गरी सरोकारवाला कार्यालयलाई जानकारी दिने निर्णय भएकोे वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए । साथै पहिलो पटक भएकोले पा“च हजार रुपैंया समेत जरिवाना गराएको बताए ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, वडाध्यक्ष श्यामकृष्ण खत्री, प्र.स.नि प्रेम सिं कुवंर, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नारायण प्रसाद लघु, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका सञ्जय जोन्छेको सहभागी थियो ।



















