काठमाडौं । चितवनको भरतपुमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार गरेको हो ।
चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने बताइएको छ ।
हेर्नुहोस् उक्त डिजाइन
























