नेपाली संगीत बजारकै उत्कृष्ट आवाजकि धनी गायिका मेलिना राई को आवाज्मा रहेको जुनको मायाँ लगाएछु बोलको गितको म्युजिक भिडियो सर्बजनिक भएको छ।
सकुन आँशुको मनमोहित शब्द रचना मा मण्डल साम्पाङ राइको मर्मस्पर्शी लय संगित एरेन्ज फनिन्द्र राई ले गरेको जुनको मायाँ लगाएछु बोलको गित .ओ एस आर डिजिटल को अफिसियल युटुब च्यानल बाट सर्बजनिक भएको हो ।
मलेसियाकै एउटा आफुहरुले गरेको कामकै उत्कृष्ट नमुना को रुपमा यो भिडियो लाई ल्याएको उक्त भिडियो का छायांकार/निर्देशक दुर्गा बान्तावा राई बताउँछन् ।
भिडियोमा थुप्रै भिडियोमा आफुलाइ मिलाउदै लगिरहेका उदयमान भोलिका मोडल DS थापा र कमला बान्तावाराइको उर्जासिल अभिनय देख्न सकिन्छ । गितको म्युजिक भिडियो मिक्सिङ इडिटिङ ललित सिंह साहुत ले गरेका हुन।



















