कुवेत, जनवरी २४- केही महिना अघि ब्रेनट्यूमर भई IBN-SINA अस्पिटल कुवेतमा उपचारत बुद्ध कुमारी राई एनआरएनए एनसिसि कुवेतको सहयोगमा २३ जनवरी २०१९ को दिन ओमान एयरबाट स्वदेश फर्केकि छिन ।
बुद्ध कुमारीलाई एनआरएनए एनसिसिको पहलमा स्पोन्सरबाट पासपोर्ट उपलब्ध गराई बिरामी बुद्धको लागि एकजना सहयोगी सहित दुई वटा हवाई टिकट उपलब्ध गराएको थियो ।
बुद्ध कुमारीलाई स्वदेश फर्काउन नेपाली दुतावास कुवेतको विशेष भुमिका रहेको थियो ।
उद्धार तथा सहयोगलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने नेपाली दुतावास कुवेत, पत्रकार शुभेच्छुक सम्पुर्णलाई एनआरएनए एनसिसि कुवेतले धन्यवाद दिएको छ ।



















