तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया को चौथो अधिवेशन हुने भएको छ। आउदो जनवरी २७ तारिखमा आइतबार समय बिहान ११ बजे बाट होटल इलिमेण्ट क्वालालम्पुर मा चौथो अधिवेशन हुने तय भएको छ ।

पछिल्ला समय नेतृत्व प्रती थुप्रै बिबादास्पद झेलेको महासंघले नैतिक चरीत्र माथी प्रस्न उठाउदै पद बाहाल अध्यक्षले श्रमिक लाई ठगी गरेको प्रमाणित भएपछि अध्यक्ष पिटि शेर्पा लाई पद बाट निलम्बन गरि कार्यबाहक संयोजक राम तमाङ पुर्बेली ठुले को सम्योजकत्व मा चलिरहेको थियो । अधिवेशन बाट नयाँ कार्य समितिको पुनर्गठन समेत गर्ने र समितिले पुर्णता पाएपछी बिगतका नेतृत्व बाट भएका कमि कमजोरी लाई सुधारगर्दै तदरुक्ताका साथ काम गर्ने महासंघका पुर्ब महासचिव सबिन लोप्चन ले जानकारी दिए।
मलेसिया बासी नेपाली आदिवासी तथा गैर आदिवासी सम्पुर्ण ले चासो र महत्वका साथमा महासंघको अधिवेशनलाई लिएका छन एस अर्थमा मा पनि हाबि नेतृत्व लाइ अगिल्ला नेतृत्वका कमजोरी साङ्लो पर्दै आदिवासी तथा गैर आदिवासी कामदारहरुका जनचासो का बिसय लाई उठान गर्छ भै परि आएका समस्या र तिन्का समाधान मा समन्वयकारी भुमिका खेल्छ भन्ने श्रमिक अगुवा र आम सर्बसाधारणको बुझाइ भएकाले पनि महत्वकासाथ हेरिएको छ ।



















