तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मकालु संगितिक सरगम टिमले मलेसियामा दोस्रो पटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपालीलाई चर्चित नेपाली कलाकारहरु ल्याएर मनोरञ्जन दिने भएको छ । आगामी फेब्रुअरीमा चाइनिज नयाँ वर्षको अबसर पारेर दोस्रोपटक चाइनिज नयाँ बर्षमा कन्सर्ट गर्ने भएको हो ।

फेब्रुअरी ३ तारीख आइतबारका दिन बि० एम देवान हल ,पेनाङ र ५ फेब्रुअरी मंगलबार न्युयोर्क होटल जोहोरबारुमा हुने तय भएको छ । कार्यक्रमका लागी र हजारौं श्रमिकलाई मनोरञ्जन दिनको लागि नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअप प्रताप दास ,हास्य कलाकार दिनेस काफ्ले ,बाल गायक मनिस लिम्बू , लोक तथा दोहोरी गायिका शान्ति श्री परियार ,बुगि बुगिमा आफ्नो नृत्यले चर्चामा रहेकि सृष्टि महर्जन र गायक सुहाङ लिम्बु आउने भएका छ्न ।
कन्सर्टमा स्थानीय कलाकार डान्सर बसन्ती घिमिरे , केन्जल तमाङ ,सानाहाङ लिम्बू बसन्ती थापा मगर लगाएतका अन्य कलाकारले समेत भरपुर मनोरञ्जन दिने उक्त कार्यक्रम आयोजक समितिका सन्दीप सुब्बाले जानकारी दिए।
मोहन राईले प्रायोजन गरेको चाइनिज नयाँ बर्ष २०१९ को सम्योजक मचिन्द्र लिम्बू रहनुभएको छ । उक्त कन्सर्ट लाई मिना सोढेम्बा,गोर्खाली परिवार जोहोर,नेपाली भान्साघर जोहोर,पाहुना घर रेस्टुरेन्ट ,डाइनामिक रेस्टुरेन्ट ,गोर्खा किचन,गोर्खा मनकामना रेस्टुरेन्ट ,पुर्बेली रेस्टुरेन्ट ,हिम्चुली रेस्टुरेन्ट,न्यु उत्सब रेस्टुरेन्ट ,क्रम राई,गोपाल खनाल ,एम के टि ग्रुप जोहोरबारुले सहयोग गर्ने भएका छन।
कन्सर्ट आयोजक लाई NRNA जोहोर मलेसिया ,सुदुरपस्चिमेलि सेवा समाज मलेसिया ,युमा साम्यो चोमलुङ मलेसिया ,नेपाल मगर संघ जोहोर , आदीबासी,जनजाति महासङ जोहोर, आयोख्या क्षेत्रीय कमिटी जोहोर,नेपाल मगर सास्क्रीतिक समूह जोहोर मलेसिया लगाएत ले कार्यक्रम लाई सहयोग गर्ने भएका कन्सर्ट आयोजक समितिका सन्दिप सुब्बाले जानकारी दिए।
कन्सर्ट प्रदिप मगर ले पेनाङ मा र मिन बहादुर मगर ले जोहोर मा कन्सर्ट संचालन गर्ने भएका छन।कार्यक्रमलाइ मलायाखबर मलेसियालले र मिराकल अनलाइन टिभीले मिडिया पाट्नरको रुपमा काम गर्ने भएका छ्न ।



















