कुवेत, जनवरी २– लोक तथा दोहोरी गायक खुमन अधिकारी भोली बिहान ५ बजे कुवेत आइपुग्ने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतको आयोजनामा शुक्रबार हुने बृहत सांगीतिक कार्यक्रममा सांगीतिक प्रस्तुती दिन गायक खुमन अधिकारी भोलि बिहान ५ बजे फ्लाई दुबई एरवेज मार्फत कुवेत आइपुग्ने भएका हुन् ।
गायक अधिकारी बिहान ५ बजे कुवेत आइपुग्ने भएकाले कुवेतमा कृयाशिल संघसँस्थाका पदाधिकारी, कलाकार, पत्रकार, खेलाडी तथा कुवेतबासी नेपालीलाई स्वागतको लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख कुवेतमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
गीतसंगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारीको साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुती रहने छ ।
कार्यक्रममा खुमन अधिकारीको साथमा स्थानीय कलाकारहरुको प्रत्यक्ष दोहोरी प्रस्तुत गरिने छ ।
कार्यक्रम हवाली स्थित बोय स्काउट थियटरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
उक्त बृहत सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी दिए ।
कार्यक्रम सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी संस्थाका अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन ।
कार्यक्रम थप जानकारी
मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे




















