रबि ओड सगै नेपाल आईडल सिजन २ का कलाकारहरु जापानको फुकुओकामा

फुकुओका नेपाल आईडल सिजन २ का कलाकार हरु आफ्नो प्रस्तुतिको लागि जापान को फुकुओकामा आईसकेका छन ।
बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घर फुकुओकाको आयोजना मा हुन लागेको उक्त कार्यक्रम को लागि नेपाल आईडल सिजन २ का टप ५ कलाकार हरु रबि ओड , बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी, अमृत बराल, कार्यक्रम होस्ट रिमा बिस्वकर्मा र डान्सर तथा मोडेल एलिसा राई जापान को फुकुओकामा आईसकेका छन् ।
नयाँ वर्ष २०१९ को अवसर मा आयोजना गरिएको उक्त कार्यक्रम जनवरी २  साँझ ७:३० बजे बाट फुकुओका बीट स्टेसन याकुईन स्टेसन नजिकै हुने यस कार्यक्रममा सबै फुकुओका बासि नेपालीहरु उपस्थित भई भरपुर मनोरंजन लिनको लागि समाजसेबी तथा बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घर का संचालक लक्ष्मण बानियाले सबैमा मा अनुरोध गर्नु भएको छ ।