क्वालालम्पुर (मलेसिया):= किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। सेप्टेम्बर २० तारिख आईतवार सम्पन्न अधिवेशनले छबिधान राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बू, विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र लिम्बू तथा अतिथिका रूपमा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, थारु कल्याणकारिणी सभा मलेसियाका अध्यक्ष प्रकाश चौधरीलगायत विभिन्न संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि, राजनीतिक दलका विदेश संगठनका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
अधिवेशनमा मलेसियामा क्रियाशील विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि र राजनीतिक दलका विदेश संगठनका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले किरात समुदायको पहिचान, संस्कार, संस्कृति, सामाजिक एकता तथा सहकार्यको महत्वबारे धारणा व्यक्त गरेका थिए।
बाढीपहिरो पीडितप्रति श्रद्धाञ्जली तथा राहत संकलन
नेपालमा गत भदौ १० गते आएको प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै अधिवेशनमा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। राहत संकलनका लागि कार्यक्रमस्थलमा दानपेटिकासमेत राखिएको थियो।
कार्यक्रममा प्राकृतिक विपत्तिसम्बन्धी ६ मिनेट १३ सेकेन्डको भिडियो प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो। साथै, दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो।

यस्तो छ नव निर्वाचित कार्यसमिति
किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ बाट निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ।
पदाधिकारीहरू :
अध्यक्ष — छबिधान राई ,वरिष्ठ उपाध्यक्ष — सञ्जिव राई , उपाध्यक्ष — भीम कुमार राई , उपाध्यक्ष — भरण शेर राई , उपाध्यक्ष — आसन खालिङ राई , महिला उपाध्यक्ष — प्रेमा छिलिङ राई , महिला उपाध्यक्ष — समिता राई (सञ्जु) , महासचिव — यज्ञ कुमार राई , सचिव — सन्तोष राई , कोषाध्यक्ष — देविका राई (विनु) , सह–कोषाध्यक्ष — भीमराज राई , प्रवक्ता — शुभ साम्पाङ राई , प्रवक्ता — तुलसा राई , युवा संयोजक — अंगराज राई निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरू क्रमशः दिवश राई ,जसमान राई , नवल शेर राई , समिता सुनुवार राई , उमा राई , अञ्जना राई , अनिल राई , सविन राई निर्वाचित हुनुभएको छ ।
त्यस्तै संस्थाको संरक्षकहरूमा रमेश साम्पाङ राई , मञ्जिला वायुङ वान्तावा राई रहनु भएको छ । त्यस्तै वरिष्ठ सल्लाहकार विपिन कुमार राई , सल्लाहकार — युवराज साम्पाङ राई, सल्लाहकार — रमेश चाम्लिङ राई , सल्लाहकार — ऐच्छिक राई , सल्लाहकार — ज्ञाविन चाम्लिङ राई रहनुभएको छ ।
सर्वसम्मत नव निर्वाचित कार्यसमितिलाई वरिष्ठ सल्लाहकार बिपिन राईले यायोक्खाको विधान अनुसार पदभार सम्बन्धि शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित सबै पदाधिकारी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

अधिवेशनले किरात समुदायको पहिचान, संस्कृति, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउँदै संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रतिनिधि, शुभेच्छुक तथा सहयोगीप्रति आयोजकले पुनः हार्दिक धन्यवाद व्यक्त गरेको थियो ।






















