बाढीपीडितको उद्धार तथा राहतका लागि प्रकाश गिरीद्वारा रु. ११ हजार आर्थिक सहयोग।

क्वालालम्पुर (मलेसिया):= चीनको तिब्बत हुँदै रसुवा नाका भएर गत बुधबार नेपाल प्रवेश गरेको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि मलेसियामा बिगत डेढ दशकदेखि व्यवसाय गर्दै आएका नेपाली व्यवसायी प्रकाश गिरीले आर्थिक सहयोग प्रदान गरेका छन्।

गिरीले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली रु. ११,००० रुपैयाँ रकम जम्मा गरि आर्थिक सहयोग रकम प्रदान गरेका हुन्।

गिरी व्यवसायसँगै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन्। नेपालमा प्राकृतिक विपत्ति तथा आपत्–विपत् आइपर्दा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका उनले यसपटक पनि विपद्मा परेका नेपाली नागरिकको पीडामा साथ दिने उद्देश्यले सहयोग गरेका हुन्।

नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूले राहत र उद्धारका लागि सहयोग गर्ने क्रम बढिरहेको छ। गिरीको सहयोग पनि यही मानवीय अभियानको निरन्तरताका रूपमा रहेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै गिरीले बाढीपहिरोमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र उद्धारको कामना गरेका छन्।