नेपाल रसुवा बाढी विपद् : २३ जना मलेसियाली नागरिक अझै बेपत्ता।

काठमाडौं:= नेपालमा आएको भीषण बाढी तथा विपद्का क्रममा बेपत्ता भएका विदेशी नागरिकमध्ये २३ जना मलेसियाली नागरिक रहेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत बेपत्ता व्यक्तिहरूको आंशिक नामावली सार्वजनिक गरेको हो। दिउँसो १ बजेसम्म सार्वजनिक गरिएको सूचीमा ८ जना महिला र १५ जना पुरुष गरी २३ जना मलेसियाली नागरिकको नाम समावेश गरिएको छ। सूचीमा उनीहरूको नाम, उमेर तथा राष्ट्रियतासम्बन्धी विवरण उल्लेख गरिएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार बेपत्ता मलेसियाली नागरिकहरू:

  1. Mohd Fakhrul Munir Bin Mohd Isa – ४४ वर्ष
  2. Mangala Vanan Krishnasamy – ५० वर्ष
  3. Malani M Vellu – ४९ वर्ष
  4. Lingam Samykanoo – ४९ वर्ष
  5. Letchumy Sinnappan – ४७ वर्ष
  6. Krishnan Vadivelu – ७४ वर्ष
  7. Komathi Rethinam – ४८ वर्ष
  8. Kirubanithi Alagappan – ३८ वर्ष
  9. Karunanithi Sundram – ६५ वर्ष
  10. Kannan Kerisna – ५१ वर्ष
  11. Kalaiselvi P Narayanasamy – ६५ वर्ष
  12. Kalai Mathe Karuppaiah – ५७ वर्ष
  13. Jason Ngeow – ५६ वर्ष
  14. Inthumathy Subramaniam – ५४ वर्ष
  15. Gunavathy Muthusamy – ६० वर्ष
  16. Gunanesan Vellaisamy – ५८ वर्ष
  17. Eswary Maniraj – ३५ वर्ष
  18. Brabaakaran Krishnan – ४७ वर्ष
  19. Balasingam Kesavan – ७१ वर्ष
  20. Azman Bin Karim – ६० वर्ष
  21. Arunasalam Karuppiah – ७० वर्ष
  22. Appannah A Muthaloo – ५६ वर्ष
  23. A Ganesan Anandan – ५२ वर्ष

यसअघि मलेसियाका विदेशमन्त्री Datuk Seri Mohamad Hasanले नेपालमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका मलेसियाली नागरिकको वास्तविक संख्या नेपालका सम्बन्धित अधिकारीबाट अझै पुष्टि हुन बाँकी रहेको बताएका थिए।

यसैबीच, विपद्मा ज्यान गुमाएका तर सनाखत हुन नसकेका शवहरूको विवरण र तस्बिरसमेत नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आफन्तले आफ्ना परिवारका सदस्य पहिचान गर्न सकून् भन्ने उद्देश्यले नेपाल प्रहरीको फेसबुक पेजमा उपलब्ध QR Code स्क्यान गरेर ती विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको यो नामावली आंशिक सूची भएकाले थप विवरण तथा नामहरू पछि सार्वजनिक हुन सक्ने जनाइएको छ। Bernama