बाढीपीडित नेपालीको उद्धारका लागि उग्रतारा रेष्टुरेण्टद्वारा रु.२१ हजार १२१ रुपैयाँ आर्थिक सहयोग।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरको कोतरायामा अवस्थित उग्रतारा रेस्टुरेन्टले नेपालमा आएको भीषण बाढीबाट प्रभावित नेपाली नागरिकको उद्दार सहयोगका लागि नेपाली रुपैयाँ रु.२१ हजार १२१ रुपैयाँ आर्थिक सहायता हस्तान्तरण गरेको छ।

बुधबार तिब्बत–चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै रेस्टुरेन्टले बाढीपीडित तथा प्रभावित नेपाली नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको हो।

उग्रतारा रेस्टुरेन्टको संचालक एवं नेपाली जनसम्पर्क समिति मलेसियाका वरिष्ठ उपसभापति पुर्व महाधिवेशन प्रतिनिधि तथा एनआरएनए टेकबहादुर टमटाको तर्फबाट गरिएको २१ हजार १२१ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामार्फत हस्तान्तरण गरिएको हो। उक्त सहयोगले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ।

विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायी तथा समुदायले मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने क्रमलाई यस पहलले थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

उग्रतारा रेस्टुरेन्टले मलेसियामा नेपाली परिकार तथा खानाका विभिन्न स्वादहरू उपलब्ध गराउँदै नेपाली समुदायसँग निरन्तर जोडिँदै आएको छ। बाढीपीडित नेपालीका लागि गरिएको यो सहयोगलाई मानवीय सेवाको भावनासँग जोडिएको सकारात्मक पहलका रूपमा लिइएको छ।

रेस्टुरेन्टले विपद्को यस कठिन घडीमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।