उद्यम, लगानी र समाजसेवामा अग्रणी खगेन्द्र न्यौपानेको योगदानको उच्च प्रशंसा।

चीन := “Rising Together, Leading Forward” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी अगस्ट १५–१६, २०२६ मा चीनको Crowne Plaza Guangzhou City Centre, Guangzhou मा आयोजना हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक क्षेत्रीय ११औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गराउने तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

सम्मेलनलाई सभ्य, भव्य र सफल बनाउन विभिन्न व्यक्तित्व तथा संस्थाहरूले महत्वपूर्ण साथ र सहयोग प्रदान गरिरहेका छन्। यसैक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्व अध्यक्ष समेत रहेका खगेन्द्र न्यौपाने ले सम्मेलनको तयारीमा पुर्‍याउनुभएको अतुलनीय सहयोग, समन्वय र सक्रिय भूमिकाप्रति आयोजकले हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेको छ।

बिगत २ दशक भन्दा बढी समयदेखि मलेसियामा नेपाली समुदायबीच सफल उद्यमीका रूपमा परिचित खगेन्द्र न्यौपाने AT Security नामक सुरक्षा कम्पनी तथा ट्राभल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। साथै उहाँको नेपालको जलविद्युत् (हाइड्रोपावर) क्षेत्रमा समेत उल्लेखनीय लगानी रहेको छ।

व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आउनुभएका न्यौपाने नेपाली समुदायको हित, सामाजिक सेवा, आपतकालीन सहयोग तथा विभिन्न सामुदायिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उद्यम, लगानी र समाजसेवाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान उच्च रूपमा मूल्याङ्कन गरिएको छ।

आयोजकका अनुसार, उहाँको निरन्तर साथ, मार्गदर्शन र सद्भावले आगामी दिनमा पनि एनआरएनएका कार्यक्रमहरू अझ प्रभावकारी, उपलब्धिमूलक र सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, आयोजकद्वारा खगेन्द्र न्यौपानेको सुस्वास्थ्य, दीर्घायु, निरन्तर सफलता तथा समाजसेवामा अझ उत्कृष्ट योगदानको हार्दिक शुभकामना व्यक्त गरिएको छ।