एनआरएनए ११औं एसिया–प्यासिफिक सम्मेलन सफल बनाउन महतोको योगदानको उच्च प्रशंसा।

ग्वाङ्झाउ (चीन):= यहीँ महिना अगस्ट १५–१६, २०२६ मा Crowne Plaza Guangzhou City Centre, Guangzhou, China मा आयोजना हुने एनआरएनए एसिया–प्यासिफिक ११औँ क्षेत्रीय सम्मेलन को तयारीलाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै NRNA Asia Pacific Region का Deputy Regional Coordinator राकेश प्रसाद महतो लाई आयोजक समितिले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।

“Rising Together, Leading Forward” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन गइरहेको यस ऐतिहासिक सम्मेलनलाई सभ्य, भव्य र सफल बनाउन महतोले देखाएको सक्रियता, समन्वय, सहकार्य तथा अमूल्य योगदानप्रति आयोजक समितिले विशेष कृतज्ञता व्यक्त गरेको हो।

आयोजक समितिका अनुसार सम्मेलनको सम्पूर्ण तयारीलाई प्रभावकारी रूपमा अघि बढाउन महतोको नेतृत्वदायी भूमिका, निरन्तर मार्गदर्शन र समर्पित सहयोगले कार्यक्रमलाई अझ व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। समितिले आगामी दिनमा पनि उहाँको साथ, सद्भाव र मार्गदर्शन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँको सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेको छ।

उक्त सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनले क्षेत्रीय सहकार्य, लगानी, सीप, अनुभव आदान–प्रदान तथा एनआरएनएको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल गर्ने विश्वास गरिएको छ। मलेसियामा चर्चित नेपाली ब्यावसायी महतो गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका पुर्व अध्यक्ष समेत हुन ।