क्वालालम्पुर:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानको दफा २७ (२) बमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् (International Coordination Council–ICC) को १३ र १४ जुन २०२६ मा सम्पन्न ११औँ बैठक ले एसिया–प्रशान्त क्षेत्रका विभिन्न महत्वपूर्ण पदहरूमा नयाँ पदाधिकारीहरू मनोनयन गरेको छ।
बैठकको निर्णयअनुसार एसिया–प्रशान्त क्षेत्रको संगठनलाई अझ प्रभावकारी, सक्रिय तथा सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न देशका अनुभवी तथा समाजसेवामा सक्रिय व्यक्तित्वहरूलाई क्षेत्रीय उपसंयोजक तथा महिला उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको हो।
मनोनीत पदाधिकारीहरू
- देवराज उप्रेती (जापान) – क्षेत्रीय उपसंयोजक (उत्तर–पूर्व क्षेत्र संयोजक)
- बुद्धि गुरुङ (दक्षिण कोरिया) – क्षेत्रीय उपसंयोजक
- श्रवण सत्याल (जापान) – क्षेत्रीय उपसंयोजक
- राकेश महतो “आरके” (मलेसिया) – क्षेत्रीय उपसंयोजक
- सुरेश झा (थाइल्यान्ड) – क्षेत्रीय उपसंयोजक
- नारायण अधिकारी (मलेसिया) – क्षेत्रीय उपसंयोजक
- बिन्दु सुवेदी (मकाउ) – महिला उपसंयोजक
एनआरएनए एसिया–प्रशान्तले मनोनीत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रवासी नेपाली समुदायको हितमा समर्पित रहने विश्वास व्यक्त गरेको छ।
संगठनले एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशमा रहेका नेपाली समुदायबीच आपसी सहकार्य, एकता, समन्वय तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउन नवनियुक्त पदाधिकारीहरूको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरेको छ। साथै, प्रवासी नेपालीहरूको हकहित संरक्षण, आपत्कालीन सहयोग, सामाजिक सेवाका कार्यक्रम, लगानी प्रवर्द्धन तथा नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन उहाँहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसका पदाधिकारीहरूले प्रवासी नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउने, संगठनलाई थप गतिशील बनाउने तथा समुदायको हितमा रचनात्मक पहल गर्ने अपेक्षा गरिएको छ।
एनआरएनए एसिया–प्रशान्त परिवारले नवनियुक्त सबै पदाधिकारीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै सफल, सक्रिय र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ।




















