ज्यान जोखिममा राखेर ८२ हजार रिंगेट जोगाएका सुरक्षागार्डको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्य अन्तर्गत पर्ने क्लाङको बान्डार बुकित टिङ्गीमा एक सुरक्षा गार्डले आफ्नो ज्यान जोखिममा राखेर बैंक लुट्ने हति’या’रधारी लुटे’राको प्रयासलाई असफल पारिदिएका छन्।

सुरक्षा गार्डको उच्च सतर्कता र बहादुरीका कारण बैंकको ८२,००० मलेसियन रिंगिट लुटिनबाट जोगिएको छ। घटना विवरण अनुसार, एक बैंक बाहिर सुरक्षा कम्पनीको भ्यानबाट नगद स्थानान्तरण (Cash transfer) गर्ने क्रममा अचानक एक हति’या’र’धारी अपराधीले डकै’ती’को प्रयास गरेको थियो।

तर सुरक्षा गार्डले तत्कालै बुद्धिमत्ता र द्रुत गतिमा कार्य गर्दै नगद भएको झोला भ्यान भित्र राखेर ढोका बन्द गरिदिएका थिए। रकम लुट्न असफल भएपछि आक्रोशित लुटेराले सुरक्षा गार्डको पम्प-एक्सन सट’गन खोसेर मोटरसाइकलमा फरार भएको मलेसियाली प्रहरीले जनाएको छ।

यसै घटनाको अनुसन्धानका क्रममा प्रहरी चौकीमा बयान दिइरहेका सोही सुरक्षा टोलीका ४३ वर्षीय भ्यान चालकको भने दुखद नि’धन भएको छ। घटना लगत्तै साउथ क्लाङ जिल्ला प्रहरी मुख्यालयमा आफ्नो बयान रेकर्ड गराउने क्रममा उनी अचानक बेहोस भई ढलेका थिए।

उनलाई तुरुन्तै उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरे। शव परीक्षण (Post-mortem) रिपोर्ट अनुसार उनको मृत्यु कुनै बाहिरी चोटपटक नभई हृदयरोग (Heart condition) का कारण भएको पुष्टि भएको छ।

डकैतीको समयमा भएको अत्यधिक मानसिक तनाव र डरका कारण उनलाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ। सेलाङ्गोरका प्रहरी प्रमुखले सुरक्षा गार्डको बहादुरीको प्रशंसा गर्दै फरार लुटेराको खोजी कार्य र घटनाको थप अनुसन्धान तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।