
एजेन्सी := फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मंगलबार बिहान अमेरिकाको बोस्टनमा भएको खेल निर्धारित ९० मिनेट तथा अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। पेनाल्टीमा पाराग्वेले उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीलाई स्तब्ध बनायो र ऐतिहासिक जित हात पार्यो।
यस जितसँगै पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, उपाधिको दाबेदार मानिएको जर्मनी भने अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ।
तस्बिर : एपी



















