मलेसियाको पाहाङमा अध्यागमन विभागको छापा: २९ विदेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पहाङ राज्यस्थित मारान र कुआन्टान जिल्लाको केहि स्थानमा अध्यागमन विभाग (इमिग्रेशन) द्वारा गरिएको विशेष अपरेशनमा विभिन्न देशका २९ जना विदेशी नागरिक पक्राउ परेका छन्।

मलेसियाको पहाङ राज्य अध्यागमन विभागका १७ जना अधिकारी सहभागी टोलीले अवैध रूपमा बसोबास वा रोजगारी गरिरहेको आशंकामा प्राप्त गोप्य सूचना तथा सर्वसाधारणको उजुरीका आधारमा विभिन्न स्थानमा छापा मारेको थियो।

अपरेशनका क्रममा ३७ जनाको कागजात तथा परिचय जाँच गरिएको थियो। जाँचका क्रममा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत विभिन्न कसुर गरेको आशंकामा २९ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबैलाई अध्यागमन ऐन १९५९/६३ को दफा ५१(५)(ब) बमोजिम १४ दिनको हिरासतमा राखिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि केमायान अध्यागमन डिपो पठाइएको छ।

पहाङ अध्यागमन विभागले स्थानीय बासिन्दालाई आफ्ना क्षेत्रमा रहेका अवैध आप्रवासी सम्बन्धी सूचना उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ। साथै, अवैध आप्रवासीलाई रोजगारी दिने वा संरक्षण गर्ने जो–कोहीमाथि पनि कुनै सम्झौता नगरी कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। source : jabatan imigresen malaysia