लोभीपापीले एमाले पार्टी फुटाउन सक्छन् : अध्यक्ष ओली।

काठमाडौं := नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नोमात्र दोष नरहेको जिकिर गर्नुभएको छ ।

चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेलालगत्तै प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने बताउनुभएको हो। केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेको भन्दै ओलीले असन्तुष्टि जनाउनुभएको छ ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभीपापीको संज्ञा दिनुभएका ओलीले उनीहरूले पार्टी फुटाउनसक्ने टिप्पणी गर्दै भन्नुभयो, ‘उनीहरू (पौडेल-पोखरेल) जसरी हुन्छ मलाई गलहत्याउने, हटाइहाल्ने अभियानमा छन् ।

उनीहरूले पार्टी नै फुटाउन पनि सक्छन् । मलाई हटाउन त कारण चाहिएला नि ? के कारणले हटाउने ? मैले के अपराध गरेको छु र हटाउने ?’ भदौ २३ र २४ गतेपछि उपाध्यक्ष विष्णु पौडेलले पार्टी, तत्कालीन सरकारको काम, नेतृत्वको बचाऊ र प्रतिरक्षामा एक शब्द पनि नखर्चेको ओलीको टिप्पणी छ ।