क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास क्वालालम्पुरले आगामी जुन १ तारिख सोमबारका दिन सार्वजनिक बिदाका कारण राजदूतावासको कार्यालय बन्द रहने जनाएको छ।
राजदूतावासद्वारा जारी सूचनाअनुसार मलेसियाका राजा याङ दी–पर्तुआन आगोङको जन्मदिनको अवसरमा देशभर सार्वजनिक बिदा दिइएकाले उक्त दिन दूतावासको नियमित सेवा पनि बन्द रहने उल्लेख छ।
राजदूतावासले आकस्मिक तथा आपत्कालीन सेवाका लागि हटलाइन नम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै, दूतावासका नियमित सेवाहरू जुन २ तारिख मंगलबारदेखि पुनः सञ्चालन हुने जानकारी पनि दिइएको छ।
मलेसियामा रहेका नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा लिन आउँदा उक्त बिदाको जानकारी ध्यानमा राख्न दूतावासले आग्रह गरेको छ।





















