रास्वपा मलेसियाको जुन १ तारिख हुने दोस्रो अधिवेशनको तयारी पूरा।

क्वालालम्पुर (मलेसिया):= राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग मलेसियाद्वारा आगामी जुन १ मा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनको अन्तिम तयारी पूरा भएको छ ।

क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने अधिवेशनलाई भव्य र सभ्य बनाउन मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा जुटेको जनाएको छ ।आयोजकका अनुसार अधिवेशनमा मलेसियामा रहेका नेपाली श्रमिक, युवा, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

अधिवेशनमा संगठन सुदृढीकरण, प्रवासी नेपालीका समस्या, श्रमिक हकहित तथा वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ । संयोजक केसीले अधिवेशनलाई प्रवासमा रहेका नेपालीहरूको एकता र राजनीतिक चेतनासँग जोडिएको महत्वपूर्ण अवसर भएको बताउँदै सबैलाई सहभागी हुन आग्रह गरेका छन् ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरूको समेत उपस्थिति रहने बताइएको छ । कार्यक्रममा प्रवास विभाग मलेसियाका शाखाहरू जोहोरबारु,पेनाङ मलक्का,सेरम्बान काजाङलगाएतका सबै शाखाका प्रतिनिधिहरूको उपस्थित रहनेछ ।