काठमाडौं := सर्वोच्चले अदालतले ‘लालीबजार’को प्रदर्शन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा र सुनील पोखरलेलको इजलासले उच्च अदालत पाटनले आदेशलाई नै सुदर गरेको हो।
उच्च अदालतले फिल्म प्रदर्शनको बाटो खुलाएसँगै वैशाख २५ देखि ‘लालीबजार’ हलमा लागेको थियो । त्यसपछि रोशनी बादी सर्वोच्चमा पुगेकी हुन् । उनको माग सर्वोच्चले अस्वीकार गरेसँगै फिल्मको प्रदर्शन रोक्ने सम्भावना तत्कालाई टरेको छ।
फिल्मसँग सम्बन्धित विषयलाई लिएर केही पक्षले आपत्ति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा चलचित्रका केही दृश्य तथा विषयवस्तु विवादास्पद रहेको दाबी गर्दै प्रदर्शन रोक्न माग गरिएको थियो। तर अदालतले तत्काल रोक लगाउने पर्याप्त कानुनी आधार नदेखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
अदालतको यस निर्णयपछि चलचित्र निर्माण पक्ष तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया देखिएको छ। निर्माण टिमले न्यायालयको निर्णयप्रति सम्मान व्यक्त गर्दै फिल्म कानुन र सामाजिक मर्यादाभित्र रहेर निर्माण गरिएको बताएका छन्।




















