मलेसियामा भिसाको दुरुपयोग गर्ने विदेशी कामदारलाई कडा सजाय दिइने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा Pas Lawatan Kerja Sementara (PLKS) रोजगार भिसाअन्तर्गत कार्यरत नेपाली विदेशी श्रमिकहरूले आफ्नो रोजगार अनुमति पत्रसँग सम्बन्धित सबै नियम तथा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ।

मलेसियाको अध्यागमन विभागका अनुसार, PLKS को दुरुपयोग गर्नु वा नियम विपरीत गतिविधिमा संलग्न हुनु अध्यागमन ऐन 1959/63 तथा अध्यागमन नियमावली 1963 अन्तर्गत गम्भीर कानुनी अपराध मानिनेछ।

रोजगार भिसा भएकाहरुले निम्न कार्यहरू पूर्ण रूपमा निषेध गरिएको छ:
❌ सम्बन्धित निकायको स्वीकृति बिना रोजगारदाता परिवर्तन गर्नु
❌ अन्य कम्पनी वा व्यक्तिसँग काम गर्नु
❌ परिवारका सदस्यलाई मलेसिया ल्याउनु
❌ मलेसियामा विवाह गर्नु
❌ रोजगार पासको गलत प्रयोग गर्नु
❌ गैरकानुनी वा आपराधिक गतिविधिमा संलग्न हुनु

नियम उल्लंघन गरेमा लिन सकिने कारबाही:
⚠️ अध्यागमन विभागद्वारा पक्राउ
⚠️ आर्थिक जरिवाना
⚠️ PLKS पास रद्द
⚠️ हिरासत तथा स्वदेश फिर्ता

अध्यागमन विभागले सबै विदेशी श्रमिकलाई वैधानिक रूपमा बसोबास गर्दै मलेसियाको कानुनको सम्मान गर्न तथा आफ्नो रोजगार सम्बन्धी सबै कागजात अद्यावधिक राख्न आग्रह गरेको छ। विशेष गरी नेपाली श्रमिकलाई कुनै पनि समस्या वा कारबाहीबाट बच्न आफ्नो रोजगार सम्झौता र पासको सर्तअनुसार मात्र काम गर्न सुझाव दिइएको छ।