मलेसियामा अध्यागमनको छापामा नेपालीसहित १३ विदेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग Jabatan Imigresen Malaysia (JIM) इमिग्रेशनले मेनारा पारागोन क्षेत्रमा अवैधानिक विदेशीविरुद्ध संयुक्त अपरेशन सञ्चालन गर्दै १३ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नेपाल, भारत, पाकिस्तान, म्यानमार, इन्डोनेसिया तथा सुडानका नागरिक रहेका छन्।अधिकारीहरूका अनुसार १६ वटा व्यापारिक परिसरमा जाँच गर्दा १०५ विदेशी र ८९ स्थानीय नागरिकको विवरण परीक्षण गरिएको थियो।

पक्राउ परेकामाथि अवैध बसोबास, भिसा अवधि नाघेको तथा अध्यागमन नियम उल्लंघन गरेको आरोप लगाइएको छ।विभाग मलेसियाका निर्देशक जाकारिया साहबानकाले अवैध आप्रवासन र गैरकानुनी रूपमा विदेशी कामदार राख्ने पक्षविरुद्ध कडा कारबाही जारी रहने बताएका छन्।