क्वालालम्पुर (मलेसिया):= मलेसियामा दुई पाकिस्तानी पुरुषमाथि एक इन्डोनेसियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ। ३६ वर्षीय अली अर्शाद र ४३ वर्षीय हबिब उर रहमानले आज सेसन अदालतमा आफूहरूमाथि लागेको आरोप अस्वीकार गर्दै निर्दोष रहेको दाबी गरेका छ्न ।
उनीहरूलाई गत अप्रिल १४ राति ९:५८ बजेदेखि अप्रिल १५ बिहान ९:३० बजेसम्म जालान इम्बिस्थित एक होटल कोठामा २३ वर्षीया इन्डोनेसियाली महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग लगाइएको हो।
दुवै अभियुक्तमाथि दण्ड संहिताको धारा ३७५ बि अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त धाराअनुसार दोषी ठहर भएमा न्यूनतम १० वर्षदेखि अधिकतम ३० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।
सरकारी वकिल जे. बनुसाले अपराध गम्भीर भएकाले तथा अभियुक्तहरू फरार हुन सक्ने सम्भावना रहेको भन्दै धरौटी नदिन अदालतसँग आग्रह गरेका छन्।




















