जोहर बारु (मलेसिया):= अनलाइन ठगीका लागि आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिएको आरोपमा एक डेलिभरी चालक र एक प्राविधिक (टेक्निसियन) लाई अदालतले कुल आरएम ५,००० जरिवाना गरेको छ।
५९ वर्षीया साओदाह बाकरले स्क्याम पीडितहरूबाट आरएम ७,२०० र आरएम ५,४०० आफ्नो बैंक खातामा ट्रान्सफर गर्न सहयोग गरेको आरोप स्वीकार गरेकी हुन्। उनलाई प्रत्येक आरोपमा आरएम १५०० जरिवाना सुनाइएको छ। जरिवाना नतिरे एक महिनाको जेल सजाय हुनेछ।
अर्को मुद्दामा ४३ वर्षीय मोह्द अज्मीर युसोफले पनि आफ्नो कम्पनीको बैंक खाता अरूलाई प्रयोग गर्न दिएको र त्यसमार्फत आरएम ७,००० ट्रान्सफर गरिएको आरोप स्वीकार गरेका छन्। अदालतले उनलाई आरएम २,५०० जरिवाना तोकेको छ। जरिवाना नतिरे दुई महिनाको जेल सजाय हुनेछ।
दुवै मुद्दा दण्ड संहिताको धारा ४२४ अन्तर्गत चलाइएको हो, जसअनुसार दोषी ठहर भए पाँच वर्षसम्म जेल, जरिवाना वा दुवै सजाय हुन सक्छ।




















