NRNA मलेसियाले श्रमिक दिवस तथा नयाँ वर्षको सुभकामना आदानप्रदान गर्दै ।

गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिगत का वर्ष हरुमा झै यो पाली पनि मे १,का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारि होटल ग्राण्ड कन्टिनेन्टल को सभाहल मा हुने तय भएको छ।
कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने र नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य रहेको गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महासचिव बिस्णु प्रसाद बराल ले जानकारी दिनुभयो ।

आयोजकका अनुसार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तरक्रियात्मक गतिविधिहरू विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान गरिने मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ।