काठमाडौं = गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइएको बताउनुभएको छ । उहाँले आइतबार बिहानै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेको एक सातामा मन्त्रीपरिषद्मा गुरुङ गृहमन्त्री भएपछि पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीदेखि पूर्व गृहमन्त्री रमेश लेखकसम्म पक्राउ पर्नु भएको छ । साथै बसपार्क र एयरपोर्टमा यात्रुलाई दुख दिने, काठमाडौंमा गुण्डागर्दी गर्नेहरुलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ।
गुरुङले यसअघि सुरक्षाकर्मीलाई स्वतन्त्र ढंगले राजनीतिक दललले काम गर्न नदिएको संकेत गर्दै आज बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइदिएको रहेछ।’



















