मुस्ताङ := प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले ३३०७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए ।
त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । आयोगका अनुसार रास्वपाका १ उम्मेदवार विजयीसंगै अझै ५२ उम्मेदवार अग्रस्थानमा छन्। यस्तै कांग्रेसका ६ उम्मेदवार अग्रस्थानमा छन् भने नेकपा एमालेका चार उम्मेदवारले अग्रता लिइरहेका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन उम्मेदवार अग्रस्थानमा रहँदा राप्रपा र श्रम संस्कृति पार्टी एक-एक स्थानमा अगाडि छन्।




















