चितवन:= राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गर्नुभएको छ। शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उहाँले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गर्नुभयो। उहाँले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ। तर बन्द । अब चल्नुप¥यो । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरी चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’ उहाँले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गर्नुभयो ।
उनले बिजुलीसमेत भण्डारण गर्नुपर्ने बताए । मल कारखाना, डेटा सेन्टरलगायत बनाएर बिजुली उपयोग गर्न सकिने भन्दै उनले सस्तोमा बेच्न नहुने बताए ।




















