कांग्रेस पार्टीमा प्रवेश गर्नेको लहर, जसपाका वरिष्ठ उपाध्यक्षसहित नेताहरू प्रवेश।

सर्लाही:= जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  शनिबार जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरु मनिष मिश्र र केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन् ।

सर्लाहीमा चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे ।  थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए। ‘देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ। त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ,’ उनले भने।