मधेस र सर्लाहीका मुद्दा संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठाउनेछु: सर्लाही ४ उम्मेदवार थपा।

काठमाडौं := नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेसँगै मधेस र सर्लाहीका मुद्दा संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने प्रतिबद्धता जनाउनुभएको छ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति थापाले मतदातालाई विश्वास दिलाउँदै भन्नुभयो, “मैले सर्लाही ४ को प्रतिनिधित्व गर्छु। यहाँको संसदमा दमदमाएर सर्लाहीको विषय उठ्छ। सिंहदरबारमा पनि सर्लाही र मधेसका विषयमा छलफल हुनेछ। पहिले पनि उठ्यो, नभएको होइन, तर अब फरक ढंगले उठ्छ।”

उहाँले आगामी पाँच वर्षमा मधेसका मुद्दा उठाउने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने दाबी गर्नुभयो। साथै, मतदाताले पछुतो महसुस नहुने गरी आफू काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

साथै सभापति थापाले पार्टीका नेता–कार्यकर्तालाई निर्वाचनमा सक्रिय भएर लाग्न निर्देशन दिँदै भन्नुभयो, “चुनाव जित्न सबैको मेहनत आवश्यक छ। आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्नुहोस्। विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्नुहोस्।”

उहाँले आफूले गर्नसक्ने कामको मात्रै वाचा गर्ने उल्लेख गर्दै गर्न नसकिने कामको वाचा नदिने स्पष्ट पार्नुभयो। चुनावपछि पनि मतदाताले सजिलै भेट्न सक्ने अवस्था राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।