नेपाल मगर संघ मलेसिया केन्द्रको ९औं अधिवेशन फेब्रुअरी २२ तारिख आयोजना हुने।

क्वालालम्पुर (मलेसिया):- “मगर भेषभूषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवम् विश्वभरि छरिएर बसेका मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ नेपाल मगर संघ मलेसिया केन्द्रीय समिति क्वालालम्पुरको ९औँ अधिवेशन आयोजना हुने तय भएको छ।

नेपालबाट आमन्त्रित नेपाल मगर संघका केन्द्रीय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा आगामी महिना फेब्रुअरी २२ तारिख आइतबारका दिन राजधानी क्वालालम्पुरस्थित wisma eagle eye, Jalan tun h.s. lee, Kuala Lumpur, रिया मनी ट्रान्सफर “आईएमई बैंक” रहेको माथिल्लो तल्लामा भर्खरै नयाँ बनेको सभाहलमा ९औँ अधिवेशन आयोजना हुने तय भएको मगर संघ मलेसियाका अध्यक्ष पुश्मिता ठाडा मगरले जानकारी दिनुभयो।

जानकारी अनुसार “मलाया खबर” मिडिया पार्टनर रहेको यस कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू गायिका रेश्मा पुन मगर, नीतु पुन मगरसँगै दिलसरा चलचित्र निर्माता तथा मगर चलचित्र निर्देशक हर्क आले मगरलगायत स्थानीय कलाकारहरूले सांस्कृतिक – सांगीतिक प्रस्तुति दिनेछन्।

अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आयोजक संस्था मगर संघ मलेसियाले सम्पूर्ण नेपालीजनमा उपस्थितिका लागि हार्दिक आह्वानसहित निमन्त्रणा गरेको छ भने आउँदै गरेको मगर दिवस २०८२ को अग्रिम शुभकामना समेत व्यक्त गरेको छ।