एनआरएनए उपाध्यक्ष शर्मा मलेसियामा, मलेसियामा फुटेको एनआरएनए एक होलान् ?

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष हेमराज शर्मा मलेसियामा आईपुगेका छन । शर्मा हिजो आइतबार साँझ मलेसिया आइपुगेका हुन ।शर्मालाई स्वागतका लागि गैरआवासीय नेपाली संघ केन्द्र र मलेसियाका पदाधिकारी अभियन्ताहरू केयलआईए विमानस्थल पुगेका थिए।

फुटेका एनआरएनएमा एकताको सन्देश बोकेर एशिया भ्रमणमा निस्केका शर्माको स्वागत तथा सम्मानको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
संघका उपाध्यक्ष शर्माको उपस्थितिमा आज सोमबार साझ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो।

क्वालालाम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा हुने कार्यक्रममा सहभागी हुन एनआरएनए मलेसियाले सबैलाई आह्वान गरेको छ। आईतबार शर्माको स्वागतका लागि संघका उपाध्यक्ष खगेन्द्र न्यौपाने, एशिया क्षेत्रीय संयोजक हरि भट्टराई, एनसीसी अध्यक्षद्वय राकेश कुमार महतो र इन्द्र नारायण लिम्बु, एनसीसी उपाध्यक्षहरू दिल केरुङ, बालध्वज लिम्बु, खेमराज खत्री, सचिव उमेश कोइरी महतो,महिला संयोजक इन्दु बस्नेत र प्रवक्ता हेमराज सापकोटा विमानस्थल पुगेका थिए।

स्मरण रहोस् एनआरएनए मलेसिया पनि पछिल्लो समय दुईधारमा विभाजित छ् । एउटै नामको संस्थामा दुईजना अध्यक्ष रहेर छुट्टाछुट्टै कार्यसमिति बनाइ संस्था संचालन गर्दै आएका छ्न । एनआरएनए मलेसियाको एउटा् समुहको अध्यक्ष राकेश प्रसाद महतो “आरके” हुन , भने अर्को समुह एनआरएनए मलेसियाकै अध्यक्ष इन्द्र नारायण लिम्बु हुनुहुन्छ।

एकताको संदेश बोकेर मलेसिया आईपुगेका शर्माले दुईधारमा फुटेका एनआरएनए मलेसियालाई एक ढिक्कामा बाध्नलाई कस्तो किसिमको भुमिका खेल्लान् हेर्न बाँकी छ् ।