[ मिलन दोङ तामाङ ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया जोहोर राज्यमा स्थापन भैइ क्रियाशील तीन नेपाली संस्थाले आ–आफ्ना नवनिर्वाचित कार्यसमितिको नामावली जानकारी तथा अभिलेखका उद्देश्यले सोमबार नेपाली राजदूतावास, क्वालालम्पुरमा औपचारिक रूपमा जानकारी-पत्र पेश गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर , नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर र किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरले एकदैन राजदूतावासमा उपस्थित भैइ नव निर्वाचित कार्यसमितिको नमावली पेश गरेका हुन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले २०२५–२०२७ कार्यकालका लागि सर्वसहमतिमा निर्वाचित कार्यसमितिको नामावली कार्यबाहक महामहिम शु–श्री मुदिता बजाचार्य ज्यू समक्ष बुझाएको हो। उक्त अवसरमा संघका अध्यक्ष श्री बेदना श्रेष्ठ, सचिव श्री विनय हमाल तथा कोषाध्यक्ष श्री तिलक श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिति जोहोरबारूले कार्यकाल २०२५–२०२७ का लागि निर्वाचित कार्यसमितिको नामावली तथा संस्थाको विस्तृत जानकारी कार्यबाहक महामहिम शु–श्री मुदिता बजाचार्य ज्यूलाई औपचारिक रूपमा पेश गरेको छ।
संस्थाका तर्फबाट अध्यक्ष श्री मंगल दोङ तामाङ ज्यू र सचिव श्री मानकुमार थिङ तामाङ ज्यूले पत्र हस्तान्तरण गर्नुको साथै १८ जनवरीमा हुने ल्होछार कार्यक्रमलाई निमन्त्रणा समेत गरेको तर दुतावासको कार्य व्यस्तताको कारण उपस्थित हुन नसकिने बताएका छन्। यस अवसरमा संस्था द्वारा नेपाली राजदूतावास, मलेसियाप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
सोहीदिन नै किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरले २०२६–२०२८ कार्यकालका लागि सर्वसहमतिमा निर्वाचित कार्यसमितिको नामावली जानकारी तथा अभिलेखका लागि नेपाली राजदूतावासमा पेश गरेको छ। कार्यबाहक महामहिम शु–श्री मुदिता बजाचार्य ज्यू समक्ष अध्यक्ष श्री समिता राई (सन्जु) तथा बरिष्ठ उपाध्यक्ष श्री अनिल खालिङ राई ज्यूको प्रत्यक्ष उपस्थितिमा नामावली प्रस्तुत गरिएको हो।


















