अब पुरानै ढंगले नयाँ यात्रा सम्भव छैन, नयाँ सोच र नेतृत्व आवश्यक छ: महामन्त्री शर्मा।

काठमाडौं:= नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा सम्भव नभएको बताउनुभएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे,“अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच आवश्यक छ। पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन। यो उपस्थितिले कांग्रेस मात्र होइन, देशलाई पनि बदल्ने सोच राखेको छ।”

महामन्त्री शर्माले कांग्रेसले आफूभित्रको चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने पनि औँल्याउनुभयो। उनले निराशामा जुधिरहेको देशलाई नयाँ सङ्कल्पका साथ अघि बढाउन चुकेको ठाउँबाटै अघि बढ्नुपर्ने बताए । ‘जिम्मेवार राजनीतिक दल र नेता त्यो हुन्छ जसले आफूले गरेका कमजोरीको आत्मालोचना पनि गर्छ’, शर्माले भने,‘कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौ, हामी पनि बदलिने छौ ।’

“देशको समयअनुसार कांग्रेसले कहिलेकाहीँ आफू अनुकूल ढंगले बदलिन्थ्यो। आज बदलिएको समयअनुसार कांग्रेसले आफूलाई बदल्नुपर्छ। त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौं।” उहाँले भन्नुभयाे ।