एनआरएनए मलेसिया महिला संयोजक, कांग्रेस नेतृ इन्दु समाजसेवामा सक्रिय।

क्वालालम्पुर (मलेसिया):= समाज निर्माणमा महिलाको योगदान अपरिहार्य हुन्छ। स्वदेशमै मात्र होइन, विदेशमा रहेर पनि नेपाली समुदायको हकहित, दुःख–सुख र सेवामा समर्पित महिलाहरू समाजका लागि प्रेरणाका स्रोत हुन्। यस्तै एक कर्मशील, समर्पित र समाजप्रति उत्तरदायी नारीको नाम हो— इन्दु बस्नेत क्षेत्री।

चितवन जिल्ला, खैरेनी नगरपालिका–०२ मा जन्मनुभएकी इन्दु बस्नेत क्षेत्रीको जन्म मिति ०४ जनवरी १९९० हो। उहाँ सन् २०२२ मा व्यापार गर्ने उद्देश्यका साथ मलेशिया आउनुभएको थियो। यद्यपि व्यापारले अपेक्षित साथ नदिएपछि हाल उहाँ AT Travel Sdn. Bhd. मा कार्यरत रहँदै आफ्नो पेशागत जीवनलाई निरन्तरता दिइरहनुभएको छ।

विदेशी भूमिमा रहे पनि मातृभूमि नेपाल र नेपाली समुदायप्रतिको माया, दायित्व र जिम्मेवारीलाई कहिल्यै नबिर्सनुभएकी इन्दु बस्नेत क्षेत्री सन् २०२३ मा नेपाली काँग्रेसको विदेश संगठन नेपाली जनसम्पर्क समिति मलेसियाकी महिला सदस्यका रूपमा सक्रिय रहनुभयो। साथै उहाँ एनआरएनए मलेसियाको महिला संयोजकको जिम्मेवारी सम्हाल्दै मलेसियामा रहेका नेपालीहरूको हकहित र सेवामा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ।

उहाँको समाजसेवा केवल पदमा सीमित नभई व्यवहार र कर्ममा आधारित रहेको छ। मलेसियामा अलपत्र परेका नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने, विभिन्न कारणले पीडित र बिरामी नेपालीहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्ने जस्ता मानवीय कार्यहरूमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। यस्ता कार्यहरूले उहाँलाई नेपाली समुदायमाझ विश्वास र सम्मानको पात्र बनाएको छ।

विशेष रूपमा उल्लेखनीय कुरा के छ भने, इन्दु बस्नेत क्षेत्रीले आफ्नो प्रत्येक जन्मोत्सवलाई समाजसेवाको अवसरका रूपमा लिँदै आउनुभएको छ। गत वर्ष उहाँले बिरामी नेपालीहरूको सहयोगार्थ प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेशियालाई दुई वटा ह्वीलचियर प्रदान गर्नुभएको थियो। यसै वर्ष, हिजो जनवरी ४ तारिख आइतबार पर्न गएको उहाँको जन्मोत्सवको अवसरमा पनि अलपत्र परेका नेपालीहरूका लागि दुई वटा हवाई टिकट प्रदान गर्ने घोषणा गर्नुभएको छ।

जुन कार्य अत्यन्तै सराहनीय र प्रेरणादायी छ।
NRNA मलेशियाकी महिला संयोजक तथा समाजसेवी इन्दु बस्नेत क्षेत्री जस्ता व्यक्तित्वहरूले समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाइरहेका छन्। उहाँको निस्वार्थ सेवा, मानवीय संवेदना र निरन्तर समर्पणले नेपाली समाजलाई अझ एकताबद्ध र सबल बनाउने विश्वास गर्न सकिन्छ।

अन्त्यमा, समाजसेवामा निरन्तर समर्पित इन्दु बस्नेत क्षेत्रीलाई जन्मदिनको धेरै–धेरै शुभकामना व्यक्त गर्दै उहाँको जीवन सधैँ स्वास्थ्य, सफलता र समाजसेवाले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।