आज जनवरी १ तारिखदेखि मलेसियामा चर्चित नेपाली फिल्म ‘जेरी अन टप’को प्रदर्शन हुँदै।

क्वालालम्पुर (मलेसिया):= नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत , यस् बर्षको बहुप्रतिक्षित चर्चित फिल्म ‘जेरी अन टप’को मलेशिया प्रदर्शन भैइरहेको छ । नेपालमा १२ करोड माथिको विजनेस गरिसकेको फिल्मको आज अंग्रेज़ी नयाँ वर्ष २०२६ जनवरी १ तारिखदेखि मलेसियाभर प्रदर्शन भैइरहेको हो ।

गैरआवासिय नेपाली संघ “एनआरएनए” एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड ब्यापारी,व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

आज १ तारिखदेखी मलेसियामा ‘जेरी अन टप’ वक्सअफिस रिलिज गर्ने भट्टराईले बताए । ‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, भट्टराइले भने ।

हाल मलेसियामा करिब पाँच लाख नेपाली रहेको र विभिन्न समयमा उनिहरुले नेपाली चलचित्र र कला संस्कृतिलाई प्रेम दिँदै आएको भन्दै मलेसियाबासी नेपालीहरूले यो पटकपनि सोहि प्रकारको माया दर्शाउने र उनिहरूले पाउने मनोरञ्जनसँगै ‘जेरी अन टप’ सफल प्रदर्शन हुने भट्टराईको विश्वास छ ।

नेपालसँगै अष्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने यूके, कोरिया र थाइल्याण्डमा पनि प्रदर्शनको क्रममा छ । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।

अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ । फिल्ममा अनमोलको साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायत अभिनयमा छन् ।

आज मलेसिया रोजगारीमा बिदा हुनेले नजिकैको सिनेमाहलमा गएर हेर्न सकिनेछ । टिकट हलमै पुगेर किन्न पाइने जनाएको छ ।

LFS Sri intan ( Kelang ) – 12pm 330pm 7:00pm

LFS Butterworth ( Penang ) – 12pm

LFS Bukit Jambul (Penang ) – 11:45pm 3:15pm

Ae cinemas – ( Seremban ) 12:25pm 5:55pm

Suara Screen ( Melaka ) – 11:30am 2:45pm