मलेसिया (क्वालालम्पुर):= मलेसियाको गृह मन्त्रालयले सन् २०२५ का लागि विदेशी कामदारको तलब कोटा आवेदनका लागि विशेष अवधि १९ जनवरी २०२६ देखि ३१ मार्च २०२६ सम्म खुला गर्ने घोषणा गरेको छ। यसैबीच, हाल चलिरहेको आवेदन प्रक्रिया भने ३१ डिसेम्बर २०२५ सम्म निरन्तर रूपमा स्वीकार गरिने मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार सरकारद्वारा १ अक्टोबर २०२५ मा स्वीकृत गरिएका सबै क्षेत्र तथा उप–क्षेत्रका लागि यो विशेष अवधि लागू हुनेछ। यसमा सेवा क्षेत्रअन्तर्गत विदेशी श्रमिक प्रयोगसम्बन्धी आवेदनहरू पनि समावेश छन्, जुन आन्तरिक व्यापार तथा जीवनयापन लागत मन्त्रालय ९प्एम्ल्० को निगरानीमा तोकिएका मापदण्डहरू पूरा गर्नुपर्नेछ। यसअघि बन्द गरिएको सेवा क्षेत्रको आवेदन प्रक्रिया पुनः यही विशेष अवधिमार्फत खुला गरिएको हो।
मन्त्रालयले जनाएअनुसार १९ जनवरीदेखि ३१ मार्च २०२६ सम्म प्राप्त सबै आवेदनहरू सम्बन्धित सुपरिवेक्षण मन्त्रालयसँग छलफल गरी मूल्याङ्कन गरिनेछ। ती आवेदनहरू विदेशी कामदारसम्बन्धी प्रचलित नियम, सर्त तथा अन्य आवश्यक मापदण्डको अधीनमा रहनेछन्।
गृह मन्त्रालयले सबै रोजगारदाताहरूलाई विदेशी कामदार व्यवस्थापनका लागि रहेको वान–स्टप सेन्टर ९इलभ क्तयउ ऋभलतचभ० मार्फत कुनै पनि एजेन्ट वा तेस्रो पक्षको बिचौलिया बिना सिधै आवेदन दिन आग्रह गरेको छ। आवेदन प्रक्रियालाई सहज बनाउनका लागि नियुक्ति ९ब्उउयष्लतmभलत० प्रणाली लागू गरिनेछ, जसको पहुँच १६ जनवरी २०२६ देखि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुनेछ।
यस विशेष व्यवस्थाले रोजगारदाताहरूलाई विदेशी कामदारका लागि आवेदन प्रक्रिया व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ। यो कदम उद्योग क्षेत्रको आवश्यकता प्रति सरकारको संवेदनशीलता तथा जनसेवा प्रवाहको दक्षता अभिवृद्धि गर्ने प्रतिबद्धतासँग मेल खाने बताइएको छ।
थप जानकारीका लागि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सकिनेछ।




















