क्वालालम्पुर (मलेसिया): नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी “नेपाली कांग्रेस पार्टी”को प्रवास शाखा नेपाली जनसम्पर्क समिति, मलेसियाको आयोजनामा एक महत्वपूर्ण बृहत् भेला आयोजना हुने भएको छ।
जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले लोकतान्त्रिक समाजवाद, संवैधानिक व्यवस्था तथा बहुदलीय प्रजातन्त्रमा दृढ विश्वास राख्नुहुने मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली लोकतन्त्रप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अनुकूल समय मिलाएर उक्त भेलामा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।

सभापति पंगेनीले दिनुभएको जानकारी अनुसार उक्त भेलाले संगठनात्मक सुदृढीकरण, आगामी अधिवेशन, प्रवासी नेपालीहरूबीच आपसी एकता अभिवृद्धि तथा नेपाली कांग्रेसको वैचारिक धारलाई प्रवासमा थप सशक्त बनाउने उद्देश्य राखेको जनाएको छ।
जानकारी अनुसार उक्त भेला यही मिति २१ डिसेम्बर २०२५ आइतबारका दिन बिहान १०:३० बजे होटेल ग्रेन्ड कन्टिनेन्टलमा आयोजना हुने तय भएको हो।





















