रास्वपा सभापति रवि लामिछाने आज जेल मुक्त हुने, अदालतले राख्यो यी ५ सर्त।

काठमाडौं := सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।

रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो। पूर्जी लिन शुक्रबार रवि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।

तर, फ़ेरि अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउनुपर्नेदेखि बैंक ग्यारेन्टी राख्नुपर्नेसहितका ५ वटा कडा सर्तहरू पनि अघि सारेको छ।

अदालतको आदेशअनुसार लामिछानेले रिहा हुनका अघि सारेका ५ सर्त-

597256550_864732349253220_1487270122200651517_n